सरकारी कर्मचारीको तलब महङ्गी भत्ता सहित २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजारदेखि १ लाखभन्दा बढी

Image
Nisarga Hospital

सरकारले निजामतीसहित सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत तीन वर्षपछि तलब समायोजन गरिएको जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

उनका अनुसार हाल कायम १० प्रतिशत महँगी भत्ता यथावत राखिएको छ। तलब वृद्धि र महँगी भत्ता जोड्दा समग्रमा २१ प्रतिशत वृद्धि हुने अर्थमन्त्री वाग्लेले बताएका छन्।

यससँगै अब सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँबाट सुरु भई अधिकतम एक लाख रुपैयाँभन्दा माथि पुग्नेछ। सरकारले जीवनयापन खर्च, महँगी र सेवा मूल्यांकनलाई आधार मानेर तलब समायोजन गरिएको जनाएको छ।

nawajiwan
Attariya Hospital
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबवृद्धिको घोषणा गरेका छन्। विगत चार वर्षका बजेटमा कर्मचारीहरूको तलब पुनरवलोकन भएको थिएन।कर्मचारीहरूलाई खुसीको खबर दिने क्रममा उनले मर्यादित जीवनयापनका लागि पारिश्रमिक वृद्धि गर्नुपर्ने महसुस गरेको बताए।
उनले वृद्धिबाट खाइपाइ आएको पारिश्रमिकमा २१ प्रतिशतसम्म वृद्धि हुने बताए। उनले यसबाट ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने बताए।