नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गरिने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले दुवै देशबीच सीमा सम्बन्धी विषयमा वार्ता आवश्यक रहेको उल्लेख गरे। नेपालले भारतलाई पठाएको कूटनीतिक पत्रको जवाफ समेत आएको उनले जानकारी दिए।

CP Hospital Dhangadhi
Attariya Hospital

उनका अनुसार लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा पनि दुवै पक्षबीच टेबल टकमार्फत समाधान खोज्ने सहमति भएको छ। प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूभागमा विवादित स्थिति रहेको आफूले पाएको उल्लेख गर्दै आपसी समझदारीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

nawajiwan