अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको भाउ तत्काल नबढ्ने, १५ दिनमा ६२ करोड बढी घाटा

Image
Nisarga Hospital
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको भए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन नगरी साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
CP Hospital Dhangadhi
निगमद्वारा जारी विज्ञप्ति अनुसार यो निर्णय १ जुन, २०२६ (मिति २०८३ जेठ १८ गते) बिहान ००:०१ बजेदेखि लागू भइसकेको छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेको र स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ।
nawajiwan
Attariya Hospital
१५ दिनमा ६२ करोड बढी घाटा
साविककै मूल्यलाई कायम राख्दा निगमलाई ठुलो आर्थिक भार पर्ने देखिएको छ। चालू खुद्रा बिक्री मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा करिब रु. ६२ करोड ६६ लाख अझै घाटा हुने विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ हालको खुद्रा बिक्री मूल्य (प्रति लिटर/सिलिन्डर):

पेट्रोलियम पदार्थ पहिलो वर्ग (रु.) दोस्रो वर्ग (रु.) तेस्रो वर्ग (रु.)
पेट्रोल २१४.५० २१६.०० २१७.००
डिजेल / मट्टितेल २२२.५० २२४.०० २२५.००
हवाई इन्धन (आन्तरिक) २६९.००
एल.पी. ग्यास (प्रति सिलिन्डर) रु. २१६० (१४.२ केजी) रु. १०८० (७.१ केजी)