
स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु १,२०० ले घटेर रु २ लाख ९७ हजार ३०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १० ले घट्दै रु ४ हजार ९८० निर्धारण गरिएको छ।

मङ्गलबार सुन प्रतितोला रु २ लाख ९८ हजार ५०० र चाँदी रु ४ हजार ९९० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा आज एक औँस सुन करिब ३ हजार ४३९ अमेरिकी डलर तथा चाँदी करिब ३७ अमेरिकी डलर प्रतिऔँसको हाराहारीमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमयदर तथा माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गर्दछ।































