नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनसहितको ५०० रुपैयाँ नोट चलनचल्तीमा ल्यायो, यस्ता छन फिचर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। नयाँ नोट बजारमा आएसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरण सुरु भएको केन्द्रीय बैंकले जनाएको छ।

CP Hospital Dhangadhi

राष्ट्र बैंकका अनुसार नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा महत्वपूर्ण सुधार गरिएको छ। हाल बजारमा ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्मका नोटहरू पठाइएका छन्, जसअन्तर्गत करिब ३० लाख थान नोट प्रचलनमा आउने अनुमान गरिएको छ।

Attariya Hospital

यसपटक २०२० सिरिजका पुराना नोटहरू क्रमशः प्रतिस्थापन गरिनेछ। नयाँ नोटमा राष्ट्रिय पहिचान झल्काउने डिजाइन राखिएको छ। अग्रभागमा सगरमाथा, लालीगुराँसको पानी छाप तथा ‘२०८२ सिरिज’ उल्लेख गरिएको छ। दृष्टिविहीनमैत्री बनाउन पानी छाप नजिक स्पर्श संकेत पनि समावेश गरिएको छ।

nawajiwan

नोटमा कुबेरको चित्र, रंग परिवर्तन हुने सुरक्षा चिन्ह र ३.५ मिलिमिटर सुरक्षण धागोजस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ। पछिल्लो भागमा पाटे बाघको चित्र राखिएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटले नक्कली मुद्रा नियन्त्रण, सुरक्षा मजबुतीकरण र वित्तीय पहुँच विस्तारमा योगदान पुर्‍याउनेछ।