बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

CP Hospital Dhangadhi

यस्तै, युरोपियन युरोको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ।

Attariya Hospital

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरेको छ।

nawajiwan