लगातार दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य, कारोबारमा सुस्तता

Image
Nisarga Hospital

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार मात्रै सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको थियो।

CP Hospital Dhangadhi

चाँदीको मूल्य पनि ओरालो लाग्ने क्रम जारी छ। बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको थियो।

Attariya Hospital

लगातार दोस्रो दिन सुन र चाँदी दुवैको मूल्य घटेसँगै स्थानीय बजारमा कारोबार केही सुस्त बनेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति र माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा पनि प्रभाव पारिरहेको उनीहरूको विश्लेषण छ। लगातारको मूल्य गिरावटका कारण खरिदकर्ताले थप घट्ने प्रतीक्षामा रहेकाले बजार गतिविधि अपेक्षाकृत मन्द देखिएको छ।

nawajiwan