
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ। यसअघि असार ५ गते सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ निर्धारण गरेको जनाएको छ। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा यसको मूल्य प्रतितोला ४ हजार ६४० रुपैयाँ थियो।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्दै गएको व्यवसायीहरूले बताएका छन्।
































