सुन–चाँदीको मूल्यमा दोहोरो वृद्धि, प्रतितोला सुन २ लाख ८८ हजार ७०० रुपैयाँ

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ निर्धारण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा दैनिक रूपमा स्थानीय बजारको मूल्य समायोजन गरिँदै आएको महासंघले जनाएको छ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो।

nawajiwan

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति, माग–आपूर्ति र विनिमय दरलगायतका पक्षलाई आधार मानेर नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण हुँदै आएको छ।