सुनचाँदी बजारमा गिरावट : एकै दिन तोलामा १,६०० रुपैयाँले घट्यो सुन

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य मंगलबार भने केही ओरालो लागेको देखिएको छ।

Attariya Hospital

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले घटेको छ।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघको भनाइ छ। विश्व बजारको अवस्थाअनुसार आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।