बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो र बेलायती पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।

CP Hospital Dhangadhi

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ १७ पैसा र बिक्री दर १५१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। यस्तै, युरो १ को खरिद दर १७१ रुपैयाँ ४९ पैसा र बिक्री दर १७२ रुपैयाँ १८ पैसा तथा बेलायती पाउन्ड १ को खरिद दर १९८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९९ रुपैयाँ ७३ पैसा तोकिएको छ।

साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ २७ पैसा र बिक्री दर ४० रुपैयाँ ४३ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गिट १ को खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।

Dhnagadhi & Krishanapur