
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो र बेलायती पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।


राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ १७ पैसा र बिक्री दर १५१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। यस्तै, युरो १ को खरिद दर १७१ रुपैयाँ ४९ पैसा र बिक्री दर १७२ रुपैयाँ १८ पैसा तथा बेलायती पाउन्ड १ को खरिद दर १९८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९९ रुपैयाँ ७३ पैसा तोकिएको छ।
साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ २७ पैसा र बिक्री दर ४० रुपैयाँ ४३ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गिट १ को खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।

































