
स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले महँगिएको हो।

बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार बढेर प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने प्रतितोला ५५ रुपैयाँले घटेको छ। बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ४ हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

































