
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ११० रुपैयाँ निर्धारण गरेको जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ कायम गरिएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। पछिल्ला दिनमा विश्व बजारमा देखिएको मूल्य परिवर्तनसँगै घरेलु बजारमा पनि सुन तथा चाँदीको भाउ दैनिक रूपमा समायोजन हुँदै आएको छ।

































