सुन ९ सय र चाँदी २० रुपैयाँले सस्तियो, बजारमा मूल्यमा उल्लेख्य गिरावट

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले सस्तिएर ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँ थियो।

nawajiwan

केही दिनयता सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। मूल्य घटेसँगै सुन खरिद गर्ने उपभोक्तामा केही राहत पुगेको छ भने बजारको आगामी मूल्य प्रवृत्तिप्रति व्यवसायी र लगानीकर्ताको चासो बढेको छ।