बझाङ बोलेरो दुर्घटना: ३ को मृत्यु, १३ घाइतेको जिल्ला अस्पतालमा उपचार

Image
Nisarga Hospital

बझाङको केदारस्यूँ गाउँपालिका–७ मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका सबैलाई जिल्ला अस्पताल बझाङ पुर्‍याएर उपचार सुरु गरिएको छ। हेलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास मौसम तथा अन्य कारणले सफल हुन नसकेपछि घाइतेलाई एम्बुलेन्सबाट अबेर राति अस्पताल लगिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Attariya Hospital

नेपाली सेनाको हेलिकोप्टर हाल चैनपुरमा तयारी अवस्थामा राखिएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि आवश्यक परेमा सुविधासम्पन्न अस्पतालमा हवाईमार्फत रेफर गर्ने तयारी भइरहेको जनाइएको छ।

nawajiwan

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।