बाढीपछि विस्थापित सुकुमबासी खरिपाटीमा, भविष्य र बालबालिकाको शिक्षाप्रति बढ्दो चिन्ता

Image
Nisarga Hospital

शुक्रबार रातिको अविरल वर्षा र बाढीका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि ३१ परिवारका ८९ जना सुकुमबासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।

CP Hospital Dhangadhi

केही परिवारलाई बोडेमा पनि सारिएको छ। बाढीले घर, खाद्यान्न, लत्ताकपडा तथा महत्त्वपूर्ण कागजात बगाएपछि पीडितहरू अहिले अस्थायी आश्रयमा कष्टकर जीवन बिताइरहेका छन्। विद्यालय पोसाक र पाठ्यपुस्तक नष्ट हुँदा बालबालिकाको पढाइसमेत प्रभावित हुने चिन्ता बढेको छ।

Attariya Hospital

विस्थापितहरूको अवस्था बुझ्न पुगेकागृहमन्त्रीसहितका मन्त्रीहरूले शिक्षा, सीपमूलक तालिम, रोजगारी र आवास व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छन्। तर पीडितहरूले स्थायी बसोबासको सुनिश्चितता नभएसम्म सरकारी प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने बताएका छन्।

nawajiwan

उता, खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीको अनुमति बिना प्रवेश गर्न रोक लगाइएपछि पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ।