मन्त्रिपरिषद्का ५ महत्त्वपूर्ण निर्णय सार्वजनिक, खेलाडीदेखि उद्धारकर्मीसम्मलाई राहत

Image
Nisarga Hospital

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।

बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बलका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय भएको छ।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यी निर्णय कार्यान्वयनसँगै कृषि, खेलकुद, सुरक्षा, सार्वजनिक संस्थान र सुशासनका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने सरकारको अपेक्षा छ।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan