
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत मनोनीत गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको एक पदाधिकारीले जानकारी दिएका छन्।
यससँगै शाह रास्वपाको दोस्रो वरीयताका नेताका रूपमा स्थापित भएका छन्। पार्टीको संगठनात्मक संरचना सुदृढ बनाउने उद्देश्यले गरिएको यो निर्णयलाई रास्वपाले महत्वपूर्ण राजनीतिक कदमका रूपमा लिएको छ।


रास्वपाको विधानअनुसार सभापतिलाई ५१ सदस्यीय केन्द्रीय समितिसहित वरिष्ठ नेतासमेत १२ जना पदाधिकारी मनोनयन गर्ने अधिकार रहेको छ। सोही व्यवस्थाअनुसार शाहलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीले आगामी संगठन विस्तार, नीति निर्माण र राजनीतिक गतिविधिमा शाहको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरेको छ।































