
अनमोल सपनाहरू खरानी बनायो,
यो जिन्दगी अनौठो कहानी बनायो।

आफू मुस्कुरायो हियामा चलाई तिर,
अरूको आखामा सधैं पानी बनायो।
जलायो देश र बनायो खरानी उसैले,
मशान घाट ऊ जानी नजानी बनायो।

गाउ गाउ सिहं दरवार बनाउछु भनी,
बारूदको गोदाम राजधानी बनायो।
स्वर्गतुल्य देशमा उसैको हालिमुहाली,
नर्कतुल्य मान्छेको जिन्दगानी बनायो।
॥१॥
के भनौं समाज उहिथियो संस्कार उस्तै थिए,
बदलिएन केही समाजका अनुहार उस्तै थिए।
खै झांक्रीले केजाने बोक्सिले केजाने केथाहा,
कुनै कम थिएन समर्थनमा औतार उस्तै थिए।
म आफै अल्मल्लपरें आफूलाई समाल्नै गारो,
म निहत्य तर उन्को हातमा औजार उस्तै थिए।
कुन मूलमा आएको छ कुन रूपमा आउने हो,
थाहा छैन उनिहरू दुबैका बफादार उस्तै थिए।
भ्रमको खेतिले पनि फल दिने रहेछ साथी हो,
एक्ला परेछु उन्कै पक्षमा समाचार उस्तै थिए।
एक्लो विद्रोही त अराजक हुन्छ उनैको लागी,
किन की म उभिएको यही संसार उस्तै थियो।
॥२॥
हिजोको हात्तीछाप आज साहुकार बनेको छ,
सदियौं देखि यही किसान कर्जदार बनेको छ।

सुकुम्बासी पनि कति पुस्तासम्म बन्नुपर्छ यहा,
ऐलानी भूमि हुकूमवासीकै कारोबार बनेको छ।
डिग्री लिएका युवा लामवद्ध राहदानीका लागि,
अंगुठा छाप ठेकेदार उनैको औतार बनेको छ।
देश बनाउन तिमिले जान्यौ न उनिहरूले जाने,
देशको व्यवस्था देखि अचम्म संसार बनेको छ।
हामिले आ आफ्नो निदार पिट्छौं हत्तकेलाले,
भाग्य होइन् दुश्मन् फुटको आधार बनेको छ।
दुश्मन् पनि बाहिरको भन्दा हाम्रै भित्र रैहेछ धेरै,
पद प्रतिष्ठाकै लोभले आपसमा दरार बनेको छ।
॥३॥
के भनौं समाज उहिथियो संस्कार उस्तै थिए,
बदलिएन केही समाजका अनुहार उस्तै थिए।
खै झांक्रीले केजाने बोक्सिले केजाने केथाहा,
कुनै कम थिएन समर्थनमा औतार उस्तै थिए।
म आफै अल्मल्लपरें आफूलाई समाल्नै गारो,
म निहत्य तर उन्को हातमा औजार उस्तै थिए।
कुन मूलमा आएको छ कुन रूपमा आउने हो,
थाहा छैन उनिहरू दुबैका बफादार उस्तै थिए।
भ्रमको खेतिले पनि फल दिने रहेछ साथी हो,
एक्ला परेछु उन्कै पक्षमा समाचार उस्तै थिए।
एक्लो विद्रोही त अराजक हुन्छ उनैको लागी,
किन की म उभिएको यही संसार उस्तै थियो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























