सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ७०० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आइतबार बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

nawajiwan

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।