
नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।
आइतबार भने सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला १४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको थियो।






























