पाकिस्तानलाई १ अर्ब २० करोड डलर ऋण दिन आईएमएफको कर्मचारीस्तरीय सहमति

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई करिब १ अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीसँग कर्मचारीस्तरीय सम्झौता गरेको छ। सम्झौता कार्यान्वयनका लागि आईएमएफको कार्यकारी बोर्डबाट स्वीकृति भने आवश्यक पर्नेछ।

CP Hospital Dhangadhi

आईएमएफकी वार्ताकार इभा पेट्रोभाका अनुसार मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानले अर्थतन्त्र व्यवस्थापनमा कडा नीति अपनाएको र यसले समष्टिगत आर्थिक स्थिरता कायम गर्न सहयोग पुगेको छ। यद्यपि बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण पाकिस्तानी अर्थतन्त्रमा दबाब कायमै रहेको आईएमएफले जनाएको छ।

Attariya Hospital

आईएमएफका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि ४ प्रतिशत रहेको छ। समग्र आर्थिक वृद्धि भने ३.६ प्रतिशत रहने अनुमान गरिएको छ।

nawajiwan

पेट्रोभोलाका अनुसार मे महिनामा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा घटेर करिब १०.३ प्रतिशतमा सीमित भएको छ। उनले पाकिस्तानमा मुख्य मुद्रास्फीति पनि नियन्त्रणमै रहेको बताएकी छन्।