
डोटीः डोटीको जोरायल गाउँपालिका–१ स्थित किलेलौडा गाउँमा शुक्रबार दिउँसो चट्याङ पर्दा तीनवटा बाख्रा मरेका छन् भने घर र गोठमा समेत आंशिक क्षति पुगेको छ।

चट्याङका कारण स्थानीय गणेश ओलीका तीनवटा बाख्रा मरेका हुन्। साथै, घरमा जडान गरिएको बिजुलीको मिटर र तारसमेत जलेर क्षति भएको जनाइएको छ।
चट्याङले घर तथा गोठमा आंशिक क्षति पुर्याए पनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ। घटनाबाट पशुधन तथा विद्युतीय सामग्रीमा क्षति पुगेपछि पीडित परिवार प्रभावित भएको छ।

घटनाबाट भएको कुल आर्थिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।































