
गजल
किन पाखा लगायौँ भन विकास तिमि,
बनाउन आफूलाई अरूको दास तिमि।
देखाएनौँ बाटो निकासको कसैलाई,
आगो लगायौँ खरानीको रास तिमि।
बनाउछौ सधैँ मानव बम गरिब युवा,
पठायौँ विदेश खोसेर गाँस बास तिमि।
स्वर्ग र नर्कका कथा सुनाएर सदियौँ,
नर्क बनायौँ र संसारमा उपहास तिमि।
निजि स्वर्थमा देशलाई बनाई अचानो,
भन अस्मिता केहो जिउँदा लास तिमि।
॥१॥
देशभित्र अब युद्ध हुनेभए फेरी केलाग्छ,
दुश्मनहरूले हामीलाई गरे अटेरी केलाग्छ।
युवाहरू बिनाको हाम्रो छ यही देश भएको,
दिउसै हुन्छ भने तुवाँलोमा अँधेरी केलाग्छ।
हिँजो पनि भएकै अतिक्रमण भूभाग थियो,
शहिद हुन् उनैको अँध्यारो मझेरी केलाग्छ।
नतमस्तक हुनेछु ए देशभक्त बढेपछि अँघि,
श्रावर्ण भदौमा पनि परेछ खडेरी केलाग्छ।
आफु फुटेर पलाएका दुश्मन् हुन्छन् बलिया,
दलाली गर्छन् उनैको सन्तान घेरी केलाग्छ।
॥२॥
जब कुनै मेला पर्व आएको आभास हुन्छ,
हाम्रो समाजमा साच्चैभन्दा तमास हुन्छ।
छानेर पठाएपछि पुग्छन् संसदभित्र नेता,
भुल्छन् देश विदेशी कुन्निकिन खास हुन्छ।
धेरै मारे मारिए बहाक आमूल परिवर्तनका,
न देशले निकास पाउँछ नत विकास हुन्छ।
किन हो मुर्दा घरमा पनि भाषण हुन्छ यहाँ,
उखान टुक्का र सधैँ नेताको वक्बास हुन्छ।
देश सदियौँ देखि मिसाल छ स्वतन्त्रताको,
तर हाम्रै देशमा दलाल विदेशीकै दाश हुन्छ।
॥३॥
हरेक दिन् एक नौलो सफर हुँदो रहेछ
जीवनमा कुन्नी केको असर हुँदो रहेछ।
उठाउँ छ कुनै खास लगाई नाता उसैले
जिम्मा लिएपछि साच्चैको कर हुँदो रहेछ।
कुनै कालखण्डमा जिउँदै थिए जलाएका,
मान्छेलाई अलौकिक् रहर हुँदो रहेछ।
सदियौँ गुलाम भएकाछन् कुरितिका धेरै,
अंधभक्त भए मान्छे वेखबर हुँदो रहेछ।
जातीय छुवाछुत आजपनि देख्छु गाउँमा,
पानी नचल्ने उनैजातभित्र थर हुँदो रहेछ।
सुरेशकुमार पाण्डे दाङ घैराही १८
































