कैलालीको गोदावरी धाममा मकर मेला लाग्ने, मेलाका लागि तयारी शुरु

Nisarga Hospital

अत्तरियाः माघे संक्रान्तिको अवसरमा लाग्ने मेलाका लागि कैलालीको गोदावरी धाममा गोदावरी नगरपालिकाको आर्थिक संयोजकत्वमा धार्मिक स्नन मेला लाग्ने भएको छ ।  गोदावरीमा माघी स्नान को लागि तयारी थालिएको छ ।

CP Hospital Dhangadhi

माघे संक्रान्तिका दिन देखि सुरु हुने मकर मेलाका लागि गोदावरी धामलाई बर्षातको समयमा बाढीले बगाएको ठाउँमा पैदल तिर्थालु भक्तजनहरुका लागि बाटो सम्याउने काम भईरहेको छ ।

गोदावरी धाम विकास समितिले गोदावरी नगरपालिकाको सहयोगमा बाटो सम्याउनुको साथै मर्मत तथा स्नान कुण्ड निर्माण सम्मको संरचना बनाउन थालेको छ ।

nawajiwan
Attariya Hospital

कैलाली कञ्चनपुर सहित छिमेकी देश भारतबाट ठुलो संख्यामा भक्तजन आउने भएकाले त्यसको तयारी को लागि शिव मन्दिर जाने बाटो निर्माण, कुम्भ बाटिका क्षेत्रको ग्राउन्ड सम्याउने कार्य हुन थालेको समितिले जनाएको छ ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।