अत्तरियाको विकासका लागि नेपाली सेना र सशस्त्र प्रहरीलाई बाधक नबन्न मेयर भट्टको आग्रह

Image
Nisarga Hospital

अत्तरियाः  गोदावरीको समग्र विकासका लागि केही समस्या र चुनौती रहेको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताएका छन् ।

CP Hospital Dhangadhi

आज शनिबार गोदावरी ८ स्याउनलेमा रहेको जयलक्ष्मी ग्रामिण बिद्युत सहकारीको १९औ बार्षिक साधारणसभामा बोल्दै नगरप्रमुख भट्टले विकासका लागि थुप्रै चुनौती सँगै आर्थिक समस्या पनि रहेको बताएका हुन् । गोदावरी नगरपालिका भित्र खानेपानी, ढलनिकास, बिद्युत बिस्तार, ग्रामिण सडक स्तर उन्नती, शिक्षामा गुणस्तरियतामा जोड दिदादिदै पनि आर्थिक रुपमा कमजोर भएका बताएका छन् ।

nawajiwan

अत्तरियाको समग्र विकासका लागि नेपाली सेना र सशस्त्र प्रहरी के बाधक बनेकै हो त ? भनि उनले जनता सामु प्रश्न गरेका छन । ‘सुदुरपश्चिम प्रदेशको राजधानी र गोदावरीको विकासमा कतै नेपाली सेना र सशस्त्र प्रहरीनै बाधक बनेका छन की’ उनले भने ‘सेनाको मातहतमा भएपनि सेनाले प्रयोगमा नल्याएका कारण अहिले पनि अत्तरिया बसपार्क नगरपालिकाले सञ्चालन गरीरहेको अवस्था छ ।’ सेनाले उक्त ठाउँ प्रयोगमा नल्याएपनि बसपार्क निर्माणको बाधकका रुपमा भने सेना नै देखिएको उनले बताए ।

सुदूरपश्चिम प्रदेशको प्रदेश राजधानी समेत घोषणा गरेको यस नगरपालिकाको बिस्तारमा मुख्य केन्द्रमा बसपार्कको स्तरोन्नतीका लागि नगरपालिकाले उक्त जमिन चलनभोग गर्न चाहेको तर भोगाधिकार नहुँदा बसपार्क निर्माणको कार्यमा भने अन्यौलता छाएको नगरप्रमुख भट्टको भनाई छ । प्रदेशकै मुटुमा अवस्थीत हुनाले पनि अत्तरिया बसपार्कको महत्व बढी रहेको छ ।

गोदावरीका १२ ओटै वडाहरुको मुख्य केन्द्र अत्तरियाको विकास र सम्बृद्धिमा अत्तरिया बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने भन्दै यसअघि पनि विभिन्न किसिमका योजनाहरु बनेका तर ति योजनाहरु पनि जग्गाको स्वामित्व नहुँदा सुरु हुन नसकेको नगरप्रमुख भट्टले बताए । ‘नगरपालिका मातहत हुनु अगाडी पनि क्षेत्रिय बसपार्क निर्माणका लागि योजना बनेको थियो उक्त बसपार्क सेनाकै कारण बन्न नसकेको हो ।’

Attariya Hospital

उनले भने ‘सेनाको नाममा रहेको जमिनमा रहेका कारण, भोगाधिकार नहुँदा बसपार्क निर्माणको काम अलपत्र परेको छ ।’ स्थानीय सरकार आएसँगै गोदावरी नगरपालिकाले बसपार्कको जिम्मा लिएपनि त्यसलाई व्यवस्थित रुपमा निर्माण गर्न नसकेको उनले बताए । स्थानीय तहको निर्वाचमा आफु विजयी भएर आएपछि पनि हाल सो जग्गा नगरपालिकाको मातहतमा ल्याउन दौडधुप गरिरहेको उनले बताए । उनले विजयी भएपश्चात सेनाका प्रमुख सँग छलफल गर्ने, सर्वदलिय टोलीसँगै सेनालाई त्यो बाहेकको जमिन दिन तयारी थाल्ने लगायतका कार्य गरीसकेको बताएका छन् ।

अत्तरिया बजारको मुख्य क्षेत्र पूर्व रोड वनखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाको नाममा छ । उक्त जमिनमा बसपार्कको तल्लो क्षेत्रका ६१ घरधुरी पनि पर्दछन । तत्कालिन राजा ज्ञानेन्द्रको शासन कालमा २०६१ सालमा उक्त क्षेत्र नेपाली सेनाको नाममा राखिएको बताइएको छ । गोदावरी नगरपालिकाले सोही जग्गामा बसपार्क निर्माण गर्ने योजना बनाएपछि मात्रै उक्त क्षेत्र सेनाको नाममा रहेको खुलेको थियो । यस्तै नगरप्रमुख भट्टले लामीताललाई पर्यटकिय स्वरुप दिन पनि सो जमिन नगरपालिका मातहत हुनुपर्ने बताए ।

उनले पर्यटकिय विकाशले नगरपालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने हुँदा लामीताललाई व्यवस्थीत गरेर पर्यटकिय स्वरुप दिने तयारीमा नगरपालिका रहेको र त्यसका लागी उक्त जमिन नगरपालिकाले आफु मातहत ल्याउन चाहेको उनले बताए । ‘नगरपालिकासँग निश्चित बजेट हुन्छ,’ उनले भने ‘उक्त बजेटले सबै नगरबासीका आवश्यकताहरु पुरा गर्न गाह्रो हुन्छ, त्यसैले नगरको राजश्व बढाउन पर्यटकिय क्षेत्रको विस्तारीकरण गर्न आवश्यक रहेको छ ।’ देशमा भएको आर्थिक मन्दिसँगै बिगतका नगरप्रमुखको पालामा ढुंगा, गिट्टीको मुद्दामा उच्च अदातलतले हाम्रो खाताबाट साढे चार करोड झिकेको देखिएको र यस्तो अबस्थामा पनि विकासका पूर्वाधार निर्माणमा हामी अप्ठयारोमा रहेको उनले बताए ।

यस्तै सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ३ मा बनाउनु उपयुक्त हुने संकेत समेत गरे । ‘२०७४ मा निर्बाचित प्रदेश सभाले गोदावरी नगरपालिकाको वडा नम्बर ४ मा राजधानी बनाउने घोषणा ग¥यो, यद्यपी ५ बर्ष सम्म निरन्तर रुपमा एकै जना मुख्यमन्त्री बन्नुभयो तर बिडम्बना राजधानी बन्ने जमिनको भोकाधिकार हामीले लिन सकेनौ’ नगरप्रमुख भट्टले भने ।

प्रदेश राजधानी बनाउनु पर्ने ठाउँमा नयाँ शहर स्थापना गर्ने कुरा सम्भब नभएको नगरप्रमुख भट्टले बताए । ‘तथापी अहिले शुरुमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभा मात्रै बनाउन सक्यौ भने केही मन्त्रालय धनगढी मै हुन्छन ।’ उनले भने ‘हामी यसको प्रयासमा निरन्तर लागि रहेका छौ ।’

२-३ वटा पालिकाको मुख्य केन्द्र मानिएको गोदावरी नगरपालिकामै पर्ने आर्यघाटलाई ब्यवस्थित पार्न नगरपालिका लागि परेको बताए । भोलीका दिनमा गेटामा मेडिकल बिश्वविद्यालय बन्दै गर्दा यस अस्पतालबाट मर्ने मान्छे पनि बढ्दै जाने, आर्यघाटको ठाउँमा क्रिया पुत्रीको समेत ब्यावस्था गर्ने तिर नगरपालिका लागेको बताए । पालिकाको बजेटले सम्भव नभएको अबस्थामा प्रदेश सरकार र संघिय सरकारलाई गुहार्दै गरेको समेत बताए ।