मिर्मिरे लघुवित्तद्वारा दिपायलमा वित्तिय शाक्षरता तथा केन्द्र प्रमूख गोष्ठी सम्पन्न

Image
Nisarga Hospital

डोटी: मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले डोटीको दिपायलमा वित्तिय शाक्षरता तथा केन्द्र प्रमूख गोष्ठी शनिबार सम्पन्न गरेको छ ।
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा रहेका शाखाहरु सञ्चालक तथा केन्द्र प्रमूखहरुको सहभागितामा वित्तिय शाक्षरता तथा केन्द्र प्रमूख गोष्ठी सम्पन्न गरेको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमूख अतिथीका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख बाजी सिं खड्काले लघुवित्त तथा सामाजिक संघसँस्थाले नेपाल र नेपाली समाजलाई माथि उठाउन खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले भने–“ामी नेपालीहरुको आयश्रोत कम छ, थुप्रै दुःख कष्ट र अफ्ठ्याराहरु झेल्नुपरेको छ, तर मिर्मिरे लघुवित्त जस्तै विभिन्न संघसँस्थाले नेपालको गरिबी हटाएर नेपाल र नेपालीको जिवनस्तर उठाउन योगदान पुर्याएकाले सम्मान गर्न चाहन्छु ।”

विभिन्न वित्तिय संँस्था र सामाजिक संघसँस्थाको सहयोगमा विभिन्न समुदायमा मानिसको क्षमता गर्न र सानोतिनो भए पनि आयआर्जनसँग जोडिएको नगर प्रमूख खड्काले बताए ।

nawajiwan

अहिले प्रायले भन्ने गरेको ‘देश बनेन, देश बनेन’ भन्ने भनाईको खण्डन गर्दै उनले हरेक नागरिकले आफ्नो आफ्नो क्षेत्रबाट लागेर आफै नगरेसम्म देश अगाडी बढ्न नसक्ने बताए । उनले थपे–“अहिलेको अवस्थामा हामी सोचविचार, लगानी, विकास सबै हिसाबले पराधिन रहेका छौं, समयमै होस नपुर्याए आगामी १० वर्षभित्र देशमा विकराल स्थिती आउने खतरा देखिन्छ ।”
कृषि क्षेत्रमा लगानी बढाउँदै उत्पादन नबढाएसम्म र पहाडमा कृषिले हराभरा नबनाएसम्म नेपालको आर्थिक अवस्था माथि उठ्न नसक्ने आफ्नो निष्कर्ष रहेको नगर प्रमूख खड्काले बताए ।

कार्यक्रममा बोल्दै मिर्मिरे लघुवित्त विवित्त वित्तिय संस्था लिमिटेडका प्रमूख कार्यकारी अधिकृत (सिइओ) मिन बहादुर बोहराले वित्तिय सँस्थामार्फत विशेष गरी महिला दिदीबहिनीहरुले समूह सञ्जालमा आबद्ध भई बिना धितो सहजै कर्जा पाउने वातावरण बनेको, नेतृत्व विकासका साथै सिपमूलक तालिमसँगै उद्यमशिलता सँग जोडिने र स्वरोजगार बन्ने वातावरण बनेको बताए ।

वि.सं.२०६७ सालमा स्थापना भएको नेपाल राष्ट्र बैंकको ‘घ’ वर्गको इजाजत प्राप्त मिर्मिरे लघुवित्त वित्तिय संँस्थाका हाल देशभरमा १५० वटा शाखाहरु रहेको, ८ अरब जति पुँजी लगानी रहेको, २ अरब बढी पुँजी डिपोजिट रहेको, ६५० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको र त्यसमा पनि ३ सय भन्दा बढी कर्मचारी सुदूरपश्चिमका मात्रै रहेको सिइओ बोहराले जानकारी दिए ।

लघुवित्तको अवधारणा बैंक तथा वित्तिय सँस्थाहरु र नेपाल सरकारका लागि समेत आर्थिक स्तर माथि उठाउने बलियो जग भएको सिइओ बोहराले दावी गरे ।
मिर्मिरे जस्तै विभिन्न लघुवित्तमार्फत समुदायमा जति पनि लगानी भएको छ, त्यसको सदुपयोग गर्ने र संरक्षण गर्ने स्थानीय सरकारको पनि दायित्व रहेको बोहराले बताए ।

सुदूरपश्चिममा पुगेर वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गर्दैगर्दा यस क्षेत्रमा पनि सरकारी तथा गैह्र सरकारी क्षेत्रबाट पनि लगानी भएको तर निरन्तर अनुगमन, फलोअप र बजारीकरणका काम हुन नसक्दा केहि समस्या देखिएको मिर्मिरे लघुवित्त वित्तिय संँस्था लिमिटेडका सञ्चालक सञ्जु घिमिरेले बताईन् ।

Attariya Hospital

ठूला ठूला कुरा गर्नुभन्दा पनि स्थानीय स्तरमै सम्भावना बोकेका स–साना उद्यम व्यवसायबाटै मनग्य आम्दानी गर्न सकिने र त्यस्ता उद्यम व्यवसायबाट उत्पादित चिजहरुको बजारीकरणका लागि सबैले लाग्नुपर्नेमा घिमिरेले जोड दिइन् ।

विशेष गरी विपन्न वर्गका महिलाहरुको जीवनस्तर उकास्न र गरिबी न्यूनिकरण गर्ने लघुवित्त वित्तिय सँस्थाको उद्धेश्य रहेको मिर्मिरे लघुवित्त वित्तिय संँस्था लिमिटेडका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमूख भीम बहादुर साउँदले बताए ।

कार्यक्रममा बोल्दै एनआइसि एसिया दिपायलका प्रमूख रमेश ओझाले एकाध सँस्था र केहि व्यक्तिका कमजोरीका कारण लघुवित्त क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएता पनि नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार बेला बेलामा वित्तिय शाक्षरता कार्यक्रममार्फत सचेतना फैलाउन आवश्यक रहेको बताए ।
वित्तिय तथा सामाजिक संघसँस्थाबाट समुदायमा भएको लगानी र योगदानको सम्मान गर्दै डोटीमा एकाध सहकारीले गरेको बद्मासिका कारण अविश्वासको वातारण सिर्जना भएको भए पनि वित्तिय क्षेत्रमा कार्यरत सँस्था तथा व्यक्तिहरुले सचेतना फैलाउन आवश्यक रहेको आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले जोड दिइन् ।
कारोबारका हिसाबले लघुवित्तहरुले सानो आर्थिक कारोबार गर्ने भएता पनि महिलाहरुलाई समुदाय स्तरमै बचत र ऋण प्रवाह गर्ने महत्वपूर्ण वातावरण बनेको दिपायल सिलगढी नगरपालिका उपप्रमूख कलावती साउँद महरले बताईन् । आफुले पनि वित्तिय सँस्थामा रहेर काम गरिसकेको अनुभव सुनाउँदै साउँदले वित्तिय शाक्षरताकै कारण बिडी चुरोटको कुलत फसेका आफ्नो गाउँका महिलाहरु एकातिर कुलत छाडेका छन् भने अर्कातिर रकम बचत गर्न थालेको उदाहरण पेश गरिन् ।

बाजुराको फालाशैन शाखाका केन्द्र प्रमूख सरिता थापाको अध्यक्षतामा दिपायलको घटाल होटलमा सम्पन्न कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तिय संँस्था लिमिटेड सञ्चालकहरु प्रविण भट्टराई, सन्तोष फुयाँल, सुदूरपश्चिमका ७ पहाडी जिल्लाका १२ वटा शाखाका सञ्चालक र केन्द्र प्रमूख, डोटीमा क्रियाशील विभिन्न वित्तिय सँस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम पूर्व विभिन्न सचेतनामूलक वित्तिय शाक्षरताका नारा समेटिएका प्लेकार्ड सहित पिपल्ला बजारमा र्याली निकालिएको थियो ।
र्यालीपश्चात आयोजित औपचारिक कार्यक्रमको मिर्मिरे लघुवित्त वित्तिय संँस्था लिमिटेड राजपुर डोटी शाखा प्रमूख नरबहादुर साउँदले सञ्चालन गरेका थिए ।

हिजो शुक्रबार मात्रै मिर्मिरे लघुवित्त वित्तिय संँस्था लिमिटेडले दिपायलमै सुदूपश्चिमका ७ पहाडी जिल्लाका १२ वटै शाखा केन्द्र प्रमूख र फिल्ड कर्मचारीबिच वर्तमान अवस्थामा वित्तिय क्षेत्रका जोखिम व्यवस्थापन सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकका निर्देशक विनोदराज लेखकको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्देशक लेखकले लघुवित्तहरु राष्ट्र बैंकले इजाजत दिएर सञ्चालन गरिएको र जनताको बचत रकमको सुरक्षाको जिम्मेवारी राष्ट्र बैंकले लिने बताए ।
त्यसैले अन्य सहकारीहरुले गरेका कमीकमजोरी सँग लघुवित्तलाई तुलना नगर्न निर्देशक लेखकले सबैलाई आग्रह गरे ।
साथै मिर्मिरे लघुवित्त वित्तिय संँस्थाले स्थापनाको छोटो समयमै देशभर १५० शाखा सञ्चालन गरी दुरदराजसम्म काम गरि पुर्याएको योगदानको उनले खुलेर सह्राना गरेका छन् ।

सो लघुवित्तका सञ्चालकहरु प्रविण भट्टराई, सञ्जु घिमिरे र सन्तोष फुयाँलले केन्द्र प्रमूख तथा फिल्ड कर्मचारीलाई उच्च बनोबलका साथ काम गर्न प्रोत्साहित गरेका थिए ।

त्यस्तै मिर्मिरे लघुवित्त वित्तिय संँस्थाका प्रमूख कार्यकारी अधिकृत मिन बहादुर बोहराले सम्पूर्ण केन्द्र प्रमूख, फिल्ड कर्मचारी देखि सदस्यसम्म सबैलाई नीति, नियम, मापदण्डभित्र रही कुशलतापूर्वक काम गर्न निर्देशन दिएका थिए ।