
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले यसअघि भवन गलत तरिकाले उद्घाटन गरिएको बताएका छन ।

बिहीबार नगरपालिका भवनको उद्घाटन गर्दै उनले पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको बताएका हुन ।

‘हिजो गलत तरिकाबाट भवनको उद्घाटन गरिएको थियो । त्यसबेला पनि सबै राजनीतिक दलहरूले त्यसको विरोध गरेका थिए’ उनले भने ‘त्यतिबेला बाहिर प्रहरी राखेर हलमा उद्घाटन कार्यक्रम गर्नुभएको थियो । एक जना विद्यार्थी पनि थुनिएका थिए । हामीले खुला कार्यक्रम गरेर उद्घाटन गरेका छौ ।’
कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले राजनितिक दलहरुको सहमतीमा नै नगरपालिकाको भबन उदघाटन गरिएको बताएका छन ।
भवनको उद्घाटन समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको बताए । एडिबीले भबन बनाएको हो तर उक्त निकायबाट हस्तान्तरण नगरी भवनको उद्घाटनमा तत्कालिन मेयर हरी सिंह साउदले हतार गरेर उदघाटन गरेको उनको आरोप रहेको छ।

उनले भवन निर्माणको लागि एमाले सहितका जनप्रतिनिधिको सहभागितामा कार्यपालिकाबाट निर्णय भएको बताए । ‘हामीले राजनीतिक प्रतिशोध नराखिकन हिजोको मितिमा पूर्व मेयरसापले गर्नुभएका कामहरूलाई धन्यवाद दिदै एमालेबाट निर्वाचित ३ जना जनप्रतिनिधि सहितको कार्यपालिका बैठकबाट भवन उद्घाटन गर्ने निर्णय भएको हो’ उनले भने ‘शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गर्ने भन्ने कुरा भएको थियो ।’
उनले गोदावरीको बिकास को लागी सबैको हातेमालो हुनु जरुरी रहेको बताए । ‘मैले २०७४ मा मेयरमा पराजित भएपछी तत्कालिन मेयरलाई तीन पटक भेटेर पूर्व मेयर सापलाई भनेको थिए हरी जि तपाईंले अन्यथा लिनु हुँदैन मैले कहाँ के सहयोग गर्नु पर्दछ हामी तयार छौं तर उँहाले त्यो समन्वयकारी भूमिका निभाउन सक्नु भएन,’ मेयर भट्टले भने ।
उनले एडिबीले ठूलो रकम खर्चेर भवन निर्माण गरेको अवस्थामा पूर्व मेयर नाम लेख्न आत्तिएको बताए । उनले हाल सबै दलहरु सँग समन्वय गरेर भवन उद्घाटन गरिएको बताए । उनले भने ‘हामीले सबैसँग सरसल्लाह गरेर भवन उद्घाटन गरेका हौ । हामीले यस क्षेत्रमा राजनीति गर्ने दलहरु संग पनि समन्वय गरेर अगाडि बढेका छौ ।’
उनले गोदावरीको समग्र विकासका लागि सबै दल एक ठाउँमा आउनु पर्ने बताए ।
यसै बिच आजको उद्घाटनको बारे कैलाली क्षेत्र न. ४ का क्षेत्रीय सभापति बसन्त रोकाया ललित फेसबुक मार्फद आफ्ना जनतालाई यसरी सम्झाउदैछन ।
१)कुनै पनि संचरचा सुरुवात गरे को दिन लाई उद्घाटन हैन कि सिलान्यस भन्छन्।निबर्तमान मेयर हरि सिं साउद ले गोदाबरी नगरपालिका को प्रशासनिक भबनको सिलान्यास गरेका हुन।
२) प्रशासनिक भबन निर्माण हुदै छ अपुरो छ निर्माण कम्पनीले हस्तान्तरण गरेकै छैन ।हतार हतार ढुङ्गामा नाम लेखाउन कसैलाई खबर नगरी बिचैमा पुलिस प्रशासन लगायर उद्घाटन गरियो।त्यो गलत थियो।
३)भबन उद्घाटन गरेको १४ महिना सम्म नगरपालिका भाडा बस्यो ।भबन बनि सकेको भय किन नगरपालिका त्याही न सारेको ?त्या गलत थियो
४) निर्माण कम्पनी ले यही २०८०/माघ २ गते नगरपालिका लाई भबनको चाबि सुम्पियो ।करिब डेढ बर्ष अगाडी कसरी उद्घाटन भयो ।त्यो गलत थियो
५) २०८० माघ ४ आज नगरपालिका ले यस क्षेत्रका सम्पुर्ण किृयासिल राजनितिक दल,बुध्दिजीबि,समाजसेबि,बिभिन्न संघ संस्था,पत्रकार लाई निमन्त्रण गरि उद्घाटन भयो।



































