अत्तरियाको लामीताल पर्यटनको गनतब्य बन्दै (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरियाः  सुदूरपश्चिम प्रदेशको राजधानीको शहर अत्तरिया नजिकै अर्को गन्तब्यलाई अत्तरियाकै काखमा रहेको लामीताललाई सम्भाब्य स्थानको रुपमा लिदा फरक नपर्ला ।

CP Hospital Dhangadhi

कैलालीको अत्तरियामा रहेको लामिताल यस क्षेत्रको मुख्य प्रर्यटकीय स्थल हो । लामिताल अहिले पर्यटटको आकर्षणको केन्द्र बनेको छ । अत्तरिया उद्योग बाणिज्य संघले लामिताल परिसरमै ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०८०’ आयोजना गरेपछि अहिले ताल पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।

nawajiwan

महोत्सवको नारामा ‘सम्वृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भनिएको छ । नारामा भनीएको सम्वृद्ध प्रदेशको आधार पर्यटन भन्ने नारालाई साकार पार्न लामितालले महत्तपूर्ण भूमिका खेलेको छ । महोत्सव स्थलमै रहेको लामितालले महोत्सवमा आउने दर्शकलाई लोभ्याईरहेको छ ।

महोत्वसमा आएका दर्शकले लामितालको मनोरम दृष्यको अवलोकन गर्न मात्रै पाएका छैनन् महोत्सव अवधिभरका लागि आयोकलले व्यवस्था गरेको डुङ्गामा चढेर रमाउन पनि पाएका छन । महोत्वसवमा आएका आन्तरीक तथा बाह्य प्रर्यटकको आकर्षणको केन्द्र लामितालको डु्ङ्गा पर्ने गरेको छ । प्रर्यटकहरुले ढुङ्गा चढ्न पाउँदा निकै रमाईलो भएको प्रतिक्रिया दिने गरेका छन । डुङ्गामा चढेपछि प्रतिक्रिया दिदै स्थानिय गणेश धामीले लामितालमा रहेको डुङ्गामा चढ्न पाउँदा निकै रमाईलो भएको बताए ।

Attariya Hospital

‘केही बर्ष देखि महोत्सवमा आउँदा लामितालको डुङ्गामा चढ्ने गरेको छु ।’ धामीले भने – ‘बर्षको एक चोटि लाग्ने महोत्सवमा मात्रै डुङ्गा चढ्न पाईने भएकाले मैले डुङ्गामा चढ्ने अवसर गुमाउँदैन ।’ डुङ्गामा चढ्न पाउँदा निकै रमाईलो लागेको अर्का स्थानिय शंकर बोहराले बताए । उनले स्थानिय भएकाले ताल पहिले पनि देखेको भएपनि तालमा डुङ्गामा भने महोत्सवको समयमा मात्रै चढ्न पाईने भएकाले अवसरको सदुपयोग गरेको बताए । उनले डुङ्गामा चढ्न परिवार सहित आएको बताए ।

भारतको दिल्लीमा बस्ने धर्म खड्काले लामितालको डुङ्गामा चढ्न पाउँदा निकै रमाईलो भएको बताए । ‘आफू बालबच्चा सहित डुङ्गामा चढ्यौ, निकै रमाईलो लाग्यो ।’ थापाले भने- ‘यो ताललाई अझै व्यवस्थीत गर्न सके अझै राम्रो हुनेछ ।’

महोत्सव अवधिमा अत्तरिया उद्योग बाणिज्य संघले लामिताल परिसरलाई पनि महोत्सव स्थलमा समेटेर डुङ्गा संचालन गर्दै आएको छ । अत्तरिया उद्योग बाणिज्य संघ संग भएको सम्भौता बमोजिम यस बर्ष कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालि चिसापानी कैलालीले तालमा डुङ्गाको व्यवस्था गरेको छ । प्रालीका संचालक बिष्णु प्रसाद जैसीले महोत्वसम दर्शकको उपस्थिति बाक्लो भएको दिन डुङ्गा चढाउन भ्याईनभ्याई हुने गरेको बताए । उनले सुरुमा २ ओटा डुङ्गाको व्यवस्था गरेको भएपनि डुङ्गामा चढ्नेको संख्या बढेकाले अहिले ३ ओटा डुङ्गा संचालनमा ल्याएको बताए ।

गोदावरी नगरपालिका २ मा पर्ने यो ताल अत्तरियाको बषपार्क देखि हिडेरै ५ मिनेटमै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ताल ७ हेक्टर क्षेत्रफलमा फौलिएको छ । चारैतिर हरियाली रुखले भरिएको यो ताल प्रयटकको मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ ।