
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको छ ।

तराईका जिल्लामा सितलहर सङ्गै अत्यधिक चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।


शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख विरेन्द्र भट्टले बताए ।

उनले चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए ।

उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै नगरले दाउरा वितरण गर्दैं आएको नगर प्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन साउदले बताए ।

दाउरा पाएपछि स्थानीय ब्यबसायीले खुशी व्यक्त गरेका छन् ।
































