सुदूरपश्चिम माओवादीमा भाडभैलो : मन्त्री हेरफेरको तयारी

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम माओवादी केन्द्रमा भाडभैलो देखिएको छ । शुक्रबार मात्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई थाह नै नदिएर बहुमत सांसदले हटाए ।

CP Hospital Dhangadhi

माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी रहेको छ । शुक्रबार मात्र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता परिवर्तन गरिएको हो । शुक्रबार बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले खगराज भट्टलाई हटाएर यसअघि प्रमुख सचेतक रहेका धामीलाई दलको नेता चयन गरेका हुन । संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाएर शुक्रबार नै पद बहाली गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेता फेर्ने बैठकमा संसदीय दलका निवर्तमान नेता खगराज भट्ट, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए । उनीहरुलाई बोलाइए पनि उपस्थित नभएको प्रदेशसभा सदस्य शिवसिंह ओलीले दावी गरे । यसअघि संसदीय दलको नेता हटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभाका बहुमत माओवादी प्रदेशसभा सदस्यहरु अध्यक्ष पुष्पकमल दाहलसमक्ष पुगेका थिए ।

दलको नेता परिवर्तनसँगै सुदूरपश्चिममा माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुसमेत फेरबदल हुने भएका छन् । हाल माओवादीबाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, राज्यमन्त्री गीतादेवी माल र सामाजिक विकासमन्त्री झपट साउद छन् । धामी र साउदलाई फिर्ता बोलाइने तयारीमा माओवादी केन्द्र लागेको छ । पटकपटक सचेत गराउँदा पनि जनताका पक्षमा काम गर्न नसकेकाले शीर्ष नेतृत्वसँगको छलफलपछि यो निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सामाजिक विकासमन्त्री झपट साउँदलाई फिर्ता बोलाउने सुदूरपश्चिम माओवादीको तयारी छ । साथै राज्यमन्त्री गितादेबी माललाई पनि फिर्ता बोलाउने गरी माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको हो । माओवादीबाट प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री छन् । माओवादीबाट एक प्रदेश सभा सदस्यका अनुसार मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने गरी छलफल अहिले पनि जारी नै छ । उनीहरुले जन अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै मन्त्रीबाट फिर्ता बोलाउन आन्तरिक रुपमा गहन छलफल चलिरहेको ती नेताले दावी गरेका छन ।

Dhnagadhi & Krishanapur