जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा पदमबहादुर विष्ट हाजिर

Image
Nisarga Hospital

अत्तरिया: जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा पदमबहादुर विष्ट हाजिर भएका छन्।

CP Hospital Dhangadhi

प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल कार्यालयबाट बिदा भएसँग विष्टले सोमवार जिल्ला प्रहरी, कैलालीको प्रमुखमा पदभार ग्रहण गरेका हुन्।

पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा काज सरुवा भएका छन्। पाल आइतवार गणमा सरुवा भएर गएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विष्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक कुलदिप चन्दसहित प्रहरी कर्मचारीहरूले विष्टको स्वागत गरेका छन्।

यस्तै एसपी बिष्टले कार्यालयको निरीक्षण एवं मातहत कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ।

Dhnagadhi & Krishanapur