प्रजातन्त्र दिवस: बैतडीमा ब्याडमिन्टन प्रतियोगिता, सीडीओ र डीएसपी फाइनलमा

Image
Nisarga Hospital

बैतडीः प्रजातन्त्र दिवसको अवसरमा बैतडीमा खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयाेजना गरिएको छ।
प्रतियोगिता अन्तरगत भेट्रानमा प्रमुख जिल्ला अधिकारी (सीडीओ )भीमकान्त शर्मा र प्रहरी नायव उपरीक्षक (डीएसपी)दीपक गिरीकाे जाेडी फाइनलमा पुगेकाे छ ।

CP Hospital Dhangadhi

यसका साथै इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सराेज ठकुराठी र पाटन नगरपालिकाकाे स्वास्थ्य शाखामा कार्यरत बीरबहादुर खातीकाे जाेडी पनि फाइनलमा पुगेकाे छ। फाइनल पुगेका यी दुबै जाेडीले मंगलबार उपाधिका लागि भिड्ने प्रतियोगिता संयाेजक तथा सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण पुजाराले जानकारी दिनुभयाे। उपाधि विजेताले २ हजार ५ सय र उपविजेताले १ हजार ५ सय पुरस्कार पाउनेछ।

यस्तै खुल्ला प्रतियोगिताकाे पनि सेमिफाइनल पुग्ने टाेलीकाे टुंगो लागेको छ।
सेमिफाइनल पुग्नेमा आनन्द थापा र कैलाश थापा तथा
भुपाल थापा र केशव महराकाे जाेडी सेमिफाइनलमा पुगेकाे छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मुकेश चन्द र महेश भट्ट तथा लाेकेश ठगुन्ना र दिनेश ठगुन्नाकाे जाेडी पनि अन्तिम चारमा सुरक्षित भएकाे छ।
सेमिफाइनल र फाइनल खेल जगन्नाथ ब्याडमिन्टन हल गढीमा मंगलबार बिहान हुनेछन् ।

विजेताले ५ हजार, उपविजेताले ३ हजार,तृतीय र सान्त्वना हुनेले समान १ हजार ५ सय पुरस्कार पाउनेछन् ।
प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा प्रतियोगिता यही फागुन ६ गतेदेखि सञ्चालन हुने भएको थियाे । प्रतियोगितामा २६ टाेलीकाे सहभागीता रहेकाे थियाे।

Dhnagadhi & Krishanapur