प्रधानमन्त्री प्रचण्डलाई राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने लगायतका ४० बुंदे माग बुझाए राप्रपा बैतडीले

Image
Nisarga Hospital

बैतडी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बैतडीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको राप्रपा बैतडीका सचिव एवं आन्दोलन परिचालन सकमिटि संयोजक देवबहादुर चन्दले जानकारी दिए।

CP Hospital Dhangadhi

राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने लगायतका ४० बुंदे माग अघि सारेर प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लाई ज्ञापन पत्र बुझाइएको उनले बताए। राप्रपाको पूर्वनिर्णय अनुसार बैतडीबाट पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उनको भनाई छ। बलियो केन्द्र र अधिकार सम्पन्न स्थानीय तह,संबैधानीक निकायमा राजनीतिक भागबण्डाको अन्त्य, २०४६ साल यता मुख्य पदमा बसेकाहरुको सम्पत्ति छानविन,भ्रष्ट्राचार न्यूनिकरण गर्नुे पर्ने लगायतका मागहरु रहेका राप्रपा बैतडीका सचिव एवं आन्दोलन परिचालन सकमिटि संयोजक देवबहादुर चन्दले बताए।

केन्द्रीय कार्यक्रम अनुसार देशैभर राप्रपाको आन्दोलन जारी रहेका छ। प्रदेश तहको खारेजी पनि राप्रपाको आन्दोलनको मुख्य माग रहेको राप्रपा बैतडीका सचिव चन्दले बताए । संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदे ज्ञापन पत्रमा उल्लेख गरिएका छन्। राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur