
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले गाउँपालिका बासिको समस्यामा सहजता र सहजीकरणका लागि हेलो अध्यक्ष कार्यक्रम संचालनमा ल्याएका छन ।

अध्यक्ष धामीले आफ्नो पालिकाको जनाताको साथमा हाम्राे उपस्थिति र जवाफदेहिता आफ्नो उपस्थिति दर्शाउनका लागि उक्त कार्यक्रम संचालनमा ल्याएको जनाएको छ ।

अध्यक्ष धामीले आफ्नो सम्पर्क नम्बर 9858784512 सार्वजनिक गर्दै ह्वाट्सएप मार्फत एसएमएस र कल गर्न सकिने बताएका छन । अध्यक्ष धामीले आफु हरेक पल जनताको सम्पर्कमा रहेको र जनताका हरेक समस्याहरूकाे भरसक समाधान गर्ने प्रयास गर्नका लागि यो कार्यक्रम अगाडी बढाएको बताएका छन ।































