रोहितसहित ६ क्रिकेटरको तलब पुग्यो मासिक एक लाख रुपैयाँ, कुन खेलाडीले कति तलब पाउदै ?

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ। शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो। क्यानको यो निर्णयसँगै ‘ए’ ग्रेडमा परेका ६ खेलाडीहरूले अब मासिक एक लाख रुपैयाँ तलब पाउने छन्।

CP Hospital Dhangadhi

‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुसल भुर्तेल परेका छन्। यस्तै ग्रेड ‘बी’ मा पर्ने खेलाडीको तलब मासिक ७० हजार पुगेको ग्रेड ‘बी’ मा पनि ६ जना खेलाडी परेका छन्। कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा ग्रेड ‘बी’मा परेका छन्।

महिला क्रिकेटरको नयाँ वर्गीकरण, ग्रेड ‘ए’ मा पर्नेलाई मासिक ५० हजार तलब यस्तै नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसहित चार खेलाडी ग्रेड ‘सी’ मा परेका छन्। उनीहरूको तलब मासिक ५५ हजार तोकिएको छ। ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी परेका छन्। ग्रेड ‘डी’ मा परेका खेलाडीलाई मासिक ३५ हजार पारिश्रमिक दिने क्यानले निर्णय गरेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन्। बाँकी सात प्रदेशका इमर्जिङ क्याटोगरिका ७ खेलाडीले मासिक २५ हजार पाउने छन्। इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी रहेका छन्। क्यानले १९ महिला क्रिकेटरलाई पनि वर्गिकरण गरेको छ। उनीहरुको पारिश्रमिक भने पुरुषको भन्दा आधा कम छ। saBar

Dhnagadhi & Krishanapur