वाफ च्याम्पियनसिप फुटबल खेलमा उपाधीका लागि नेपाल आज जोर्डनसँगै भिड्दै

Image
Nisarga Hospital

साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच खेल हुँदैछ। नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन् ।

समूह बीको नेपालले सिरिया, इराक प्यालेस्टाइनलाई समूह चरणमा हराएको थियो। लेबनानले गुआम साउदी अरब र लेलबनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लेबनान साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा डेब्यू खेल हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तर, आजको खेलमा जारी प्रतियोगितामा ९ गोल गरेकी नेपालकी फरवार्ड सावित्रा भण्डारी भने सहभागी नहुने भएकी छिन्। जसले गर्दा नेपाली टोली दबाबमा देखिन सक्छ। त्यसबाहेक नेपालकी प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायत अन्य खेलाडीमाथि पनि आजको खेलमा नजर रहने छ।

Dhnagadhi & Krishanapur