भन्सार छलीकाे अवैध सामग्री बरामद

Image
फाईल फोटो
Nisarga Hospital

बैतडी: प्रहरीले बैतडीमा ४७ हजार रुपैया बराबरका भन्सार छलीकाअवैध सामान बरामद गरेकाे छ। झुलाघाट भन्सारबाट छलि गरेर ल्याइएको सामान दशरथचन्द नगरपालिका–४ र वडा नं १० बाट बरामद गरिएकाे हाे।

CP Hospital Dhangadhi

भारतबाट भन्सार छली गरि ल्याएका ४७ हजार ४०० मूल्यको चिनी, तेल, मिठाई, दाल, मिश्री, नमकिन, सुपारी, चक्लेट, कफि लगायतका सामान बरामद गरिएको बैतडीका प्रहरी प्रबक्ता , प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइको छ । बरामद गरिएको सामान आइतबार महाकाली भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur