
डोटी: गायक तथा सञ्चार कर्मी नवीन जेठरा महासागरको माया गर्ने मन बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
नवीन जेठरा महासागरको शब्द सङ्गीतमा रहेको लोक दोहोरी गीत माया गर्ने मन बोलको गीतमा स्वर सुनिता बुढा क्षेत्री , नवीन जेठरा महासागर र अर्जुन साउँदको रहेको छ । लोकदोहोरी गीत फागुन २० गते रानी म्युजिक सोलुसन अफिसीयल युट्युब च्यानलबाट सार्बजिनिक भएको छ ।

आइतबार सार्वजनिक भएको माया प्रीति सम्बन्धीको नयाँ लोकदोहोरी गीत सबैले मन पराउने गायक महासागरले बताएका छन् । उनले एक पटक गीत हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरेका छन् ।
सञ्चार जगतको क्षेत्रमा लामो समय देखि कार्यरत गायक महासागरले आफ्नो स्वर र सिर्जनामा एक दर्जन भन्दा बढी डिजे, लोकदोहोरी र डेउडा गीत बजारमा सार्वजनिक समेत गरिसकेका छन् । उनलाई डोटी, कैलाली, सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आयोजकहरूले गायकको रूपमा बोलाउने गरेका छन् ।




गायक तथा संञ्चारकर्मि महासागर टिकटकमा पनि मन छुने शब्दहरू राख्दै चर्चामा चुलिएका छन् उनले टिकटकमा राखेका शब्द र स्वरमा हजारौँ व्यक्तिहरूले टिकटक बनाउँदै सार्वजनिक गरेको पाइन्छ । हाल उनी डोटीको बडीकेदारमा रहेको सामुदायिक रेडियो बडीकेदारमा कार्यक्रम संयोजकको रूपमा कार्यरत छन् ।



































