सुदूरपश्चिम सरकारमा सहभागि हुनेलाई कारवाही हुन्छ : अध्यक्ष रञ्जिता

Image
Nisarga Hospital

अत्तरिया : नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले कारबाही गर्ने बताएकी छन् ।

CP Hospital Dhangadhi

निर्वाचन आयोगले रञ्जितालाई अध्यक्ष कायम गरेपछि आफूसित सल्लाह नगरेरै मन्त्री बनाइएपछि उनी आक्रोशित भएकी छन् । केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्तिका दुई जना मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार राति सुदूरपश्चिम सरकारमा सहभागी हुँदै सपथ लिइसकेका छन्। प्रदेश सरकारमा अब उन्मुक्तीमा तीन मन्त्री र एक राज्यमन्त्री भएका छन् । नागरिक उन्मुक्तिकै भूमि व्यवस्था तथा कृषिमन्त्री रामेश्वर चौधरीको पहिलेदेखि नै मन्त्री रहेका छन् ।

केन्द्रमा सत्ताबाट बाहिरिएको कांग्रेसले सुदूरपश्चिम सरकार जोगाउने प्रयास गरिरहेको छ। सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिका तीन जना कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी र टीका थापालाई मन्त्री छनौट बारे जानकारी नरहेको बताइएको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूलाई हटाएका थिए। उक्त स्थानमा नागरिक उन्मुक्तिबाट मन्त्री थपिएका हुन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। यस्तै इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मा दिइएको छ भने खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाइएको छ। नागरिक उन्मुक्तिकै भूमि व्यवस्थामन्त्री रामेश्वर चौधरीको जिम्मेवारी यथावत छ। कैलाश चौधरी राज्यमन्त्रीबाट फिर्ता भएका छन्। उनको ठाउँमा गिरीलाई ल्याइएको हो।

Dhnagadhi & Krishanapur