गोदावरी नगरका ५ जना लागूऔषधसहित पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढीबाट लागूऔषधसहित गोदावरीका ५ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम ३२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित गोदावरी नगरपालिका–२ बस्ने १७ वर्षीय किशोरसहित ३ जनालाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाटै ४० मिलिग्राम (खैरो हेरोईन) सहित गोदावरी नगरपालिका–१ बस्ने २७ वर्षीय उमेश भट्ट र २९ वर्षीय गंगाराम खत्रीलाई पनि आईतवार दिउँसो पक्राउ गरिएको छ।

ईलाका प्रहरी कार्यालय त्रिनगरबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो। यी दुबै जनाले प्रयोग गरेको स्कुटी थान–१ र उक्त पदार्थसहित दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।