धनगढी उपमहानगरले खोल्यो साढे १० किलोमिटर अतिक्रमित खोला र नाला

Image
Nisarga Hospital

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले खोला नाला तथा ताल खोल्ने अभियानलाई पुनः तिब्र बनाएको छ । बर्षातका बेला रोकिएको खोला नाला खोल्ने अभियानलाई पुनः निरन्तरता दिइएको हो । पछिल्लो करिब २ बर्षयता धनगढी उपमहानगरपालिकाले १० किलोमिटर भन्दा बढी खोला नाला खोलिसकेको छ ।

CP Hospital Dhangadhi

धनगढीलाई शुन्दर र ब्यवस्थित सहर बनाउने उद्देश्य सहित शुरु भएको खोला नाला तथा ताल खोल्ने अभियान निरन्तर जारी छ । बर्षातमा रोकिएको खोला नाला खोल्ने अभियानले पुनः निरन्तरता पाएको हो । उपमहानगरपालिकाको वडा नम्बर २, ३, ४ र ५ का बिभिन्न खोलाहरु खोल्ने काम संगै रेखाकंनको काम तिब्र पारिएको हो । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला कुमारी रानाका अनुसार वडा नम्बर २ मा २ हजार ६ सय मिटर, वडा नम्बर ३ मा ३ हजार ५ सय मिटर, ४ मा १ हजार ८ सय र ५ नम्बरमा २ हजार ५ सय मिटर खोला नाला अतिक्रमण हटाइसकेको छ । खोला नालाको क्षेत्राधिकार अनुसार रेखाकंन गर्ने र त्यसपछि हटाउने क्रम जारी छ । यसले धनगढीको डुवान समस्या समाधान संगै शुन्दर धनगढी बनाउने अभियानले सार्थकता पाउने उप प्रमुख रानाको अपेक्षो छ ।

धनगढीमा पानी निकास नभएकै कारण लामो समयदेखी बर्षातका बेला नगरबासीले शास्ती खेप्नु परेको छ । पछिल्लो समय खोला नाला तथा ताल तलैया खोलिन थालेपछि डुवान समस्या समाधान हुने अपेक्षा लिइएको छ । यसका साथै ब्यवस्थित सहर बनाउन समेत मद्दत पुग्ने नगरबासीको अपेक्षा छ । तर अतिक्रमण हटाइदा कसैलाई घरबार बिहिन नबनाएर सबैको ब्यवस्थापन सहितको ब्यवस्थित सहर बनाउनुपर्नेमा नगरबासीको जोड छ । धनगढीका जित बहादुर बमले नाला खोल्नु राम्रो भएको बताउँदै अतिक्रमित सबै खोला नाला खोदिनुपर्नेमा जोड दिए । उनले हालकै जनप्रतिनिधीको पालामा सबै अतिक्रमित जमिनपनि फिर्ता हुने अपेक्षा लिए ।

धनगढी बजार क्षेत्रमा रहेका अधिकाशं खोलानाला अतिक्रमणको चपेटामा छन् । अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमा पर्ने गरेको छ । बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन् । सोही समस्या समाधानका लागी उपमहानगरले खोला नाला खोल्ने अभियानलाई थप प्रभावकारी बनाउन जरुरी छ । सो अभियानमा उपमहानगरबासीको सहयोग अपरिहार्य छ ।