गेटा मेडिकल बिश्वबिद्यालय सघंर्ष समिति र मन्त्री भण्डारी सँग भेटघाट,

Image
Nisarga Hospital

 उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई भेटेर सहिद दशरथ चन्द मेडिकल बिश्वबिद्यालय सञ्चालनार्थ सघंर्ष समितिले बिश्वबिद्यालय बनाउने प्रक्रियालाई अँझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । एमाले बैतडीको अधिवेशनमा सहभागी भएर काठमाण्डौँ फर्किन धनगढी पुगेका भण्डारीलाई भेटेर संघर्ष समितिले गेटामा हालसम्म हुनुपर्ने उपलब्धी अँझै नभएको जनाएको छ । सरकारले गेटामा ६ सय शैयाको अस्पताल सहित मेडिकल बिश्वबिद्यालय बनाउने निर्णय गरेको थियो, संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) ले भने “यहाँ एक सय शैयाको अस्पताल भनेर सञ्चालन गरिएको छ, त्यो अस्पताल नभई खाली ओपिडि सेवामा सिमित छ, चिकित्सकलाई घाम ताप्न ठिक्क भएको छ, न यहाँ अप्रेशन सेवा छ, न एम्बुलेन्स सेवा, न प्रस्तुती सेवानै छ, खाली नामको अस्पताल खोलिएको छ, यसमा हामीलाई चित्त बुझेको छैन ।”

CP Hospital Dhangadhi

चाँडै मेडिकल बिश्वबिद्यालय सञ्चालन गर्न गेटामा ५ सय शैयाको अस्पताल सञ्चालन हुनुपर्छ त्यसका लागी तपाइको पहल जरुरी छ संयोजक आगोले भने “तपाई गेटा मेडिकल कलेजका लागी बजेट बिनियोजनका बेला देखी बिश्वबिद्यालय नामाकरण सम्म प्रत्यक्ष सहभागी हुनुहुन्छ, सरकार स सदन दुवैबाट तपाइको प्रयास अथक थियो, अहिले ठिक्क तपाइनै क्याबिनेट मन्त्री बन्नुभाछ अब मेडिकल बिश्वबिद्यालयको काम तिब्र अगाडी बढ्नेमा हामी ढुक्क छौँ ।”

May be an image of 11 people and people smiling

संघर्ष समितिलाई जवाफ दिदै मन्त्री भण्डारीले गेटामा मेडिकल कलेजका कुरा देखी बिश्वबिद्यालय स्थापनासम्म आफु सरकार र सदन दुवैबाट सहभागी रहेको बताए । आर्थिक बर्ष २०७३÷७४ सालको बजेट आउँदा म पनि अर्थ मन्त्रालयमा थिए, केपी ओली नेतृत्वको सरकारमा म अर्थराज्य मन्त्री थिए मन्त्री भण्डारीले भने “त्यो बेला गेटाका लागी अन्य आर्थिक बर्षभन्दा बढी बजेट बिनियोजन गर्न सफल भएका थियौँ, त्यसपछि म पद बाहिर हुँदापनि संघर्ष समितिको आवाजलाई सदनबाट बुलन्द गरे र गत बर्ष म उधोग बाणिज्य तथा आपुर्ती मन्त्री भएकै बेला गेटामा सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने निर्णयपनि गर्न सफल भयौँ, त्यस कारण म गेटा सित सधैँ जोडिएको छु ।” बिचमा केही राजनितिक ब्यक्ती र जनप्रतिनिधीबाटै कस्ता बक्तब्य आए त्यो सबैलाई थाहा नै छ तर म सधैँ यहाँको जनताको आवाजको पक्षमा थिए र रहने छु भण्डारीले भने “अहिले फेरी सरकारमा जाने अवशर मिलेको छ, म गेटाका लागी सम्पुर्ण पहल गर्ने छु, संघर्ष समितिले उठाएका मुद्धा सम्बोधनका लागी सम्बन्धीत मन्त्री देखी प्रधानमन्त्री र मन्त्रीपरिषदमा यो एजेण्डा पेस गर्ने छु र सधैँ यो मुद्धाप्रती गम्भिर रहने छु ।”

May be an image of 11 people, people studying and table

नयाँ प्रकाशित