कैलालीको धनगढीमा संजीवनी अस्पताल संचालनमा

Image
Nisarga Hospital

धनगढी ः सञ्जीवनी अस्पतालले धनगढी उपमहानगरपालिका बाट सञ्चालनका लागी अनुमति पाएको छ। उपमहानगरपालिकाले फाल्गुन १४ गते १५ सैया अस्पताल सञ्चालन गर्नका अनुमति दिएको सञ्चालक दुस्यान्त बस्नेतले बताए । यस अघि धनगढी उपमहानगरपालिकाले मापदण्ड पूरा नभएको भन्दै संचालन अनुमती प्रदान नगरेपछी भाद्र महिआन देखि पोलिक्लिनिकको रुपमा सन्चालनमा रहेको थियो ।

CP Hospital Dhangadhi

डा. चौधरीका अनुसार संजीवनी अस्पलातमा अत्याधुनिक ल्याव, फार्मेसी, एक्सरे, भिडियो एक्सरे सेवा र २४औं घण्टा इमर्जेन्सी सेवा सुचारु छ । उनले अस्पतालमा सम्पूर्ण विशेषज्ञसेवा उपलब्ध रहेको  डा. चौधरीले जानकारी दिए ।

सुदुरपश्चिमका जनताहरुलाइ गुणस्तरीय भरपर्दो स्वास्थ्य उपचार एवम परामर्श सेवा सुलभ रुपमा प्रदान गर्ने उद्देश्यले स्थापित यस धनगढी सन्जिवनी अस्पतालले चैत्र १ गतेबाट सम्पुर्ण सेवाहरु पुर्ण रुपमा दिन सुरु गरिसकेको डा. अमृत जैशीले बताए ।
हसनपुर ५ धनगढी कैलाली राष्ट्र बैंक चोकमा अवस्थित उक्त अस्पतालले विशेषज्ञ चिकित्सकहरुको टिम सहित दैनिक ओपिडी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, वार्ड भर्ना, अपरेशन सेवा लगायत सबै सेवाहरु सुचारु भइसकेको र सेवा प्रदान गर्ने अवसर दिन यस क्षेत्रका जनतालाई अध्यक्ष बस्नेतले आग्रह गर्नुभयो ।
अहिले सन्जिवनी अस्पतालले दैनिक रुपमा फिजिसियन सेवा, नाक, कान र घाँटी रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा,पत्थरी, पित्तथैलि, एपेन्डिसाईटिसको, कलेजो मृगौलामा मासु पलाएको अपरेशन,भिडियो एक्सरे, इको अल्ट्रासाउण्ड सेवा, दाँत मुख तथा गिजा समबन्धी सम्पुर्ण समस्याको उपचार सेवा सुचारु भइसकेको डा.जैशीले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस अस्पतालले अशाहाय, गरिब, जेष्ठनागरिकहरु एवम सामाजिक सुरक्षा अनतरगतका बिरामीहरुलाइ विशेष छुटका साथ उपचार गर्ने समेत डा.जैशीले भनाइ छ ।
१५ शैयाका अस्पतालले आधारभूत स्वास्थ्य सेवालाई अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने, अस्पतालबाट निस्कने फोहोर पृथकीकरण तथा व्यवस्थापनको लागि रातो, निलो, हरियो रंगको बाल्टीको प्रयोग गरी प्रोसिडर पश्चात् प्रयोग भएका सामानलाई अटोक्लेभ गरी निसंक्रमित गरेर मात्रै विसर्जन गर्नुपर्ने, चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा बाहेक अन्य विशेषज्ञ सेवा दिनु परेमा ५० शैयामा स्तरोन्नति गर्नुपर्ने लगायतका सुझाव सो अनुमति पत्रमा उल्लेख छ ।

Dhnagadhi & Krishanapur