बैतडीमा भारतसँगको सिमाको झुलाघाट पुल बेलुकी ७ बजेसम्म खोल्ने सहमति

Image
Nisarga Hospital

नेपाल– भारत सीमा समन्वय बैठकमा झुलाघाट पुल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला राख्ने सहमति भएको छ । भारतको पिथौरागढमा सम्पन्न भएको समन्वय बैठकमा सअघि यो पुल विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेको पुल साँझ ७ बजे सम्म खोल्ने सहमति भएको हो ।बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

CP Hospital Dhangadhi

भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायत विषयमा पनि बैठकमा छलफल भएको छ। भारतमा यही अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि सीमानाका बन्द गर्ने सहमति दुवै देशका अधिकारीबीच भएको जनाइएको छ।बैठकमा भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन लिन सहज बनाउने, सीमा क्षेत्र भएर बग्ने महाकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमासमेत छलफल भएको छ।

बैठकमा बैतडीका प्रजिअ शर्मा, दार्चुलाका प्रजिअ किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो। भारतका तर्फबाट पिथौरागढकी जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur