बैतडीमा काेदालाे प्रहारकाे घटना: एककाे मृत्यु,दुई कर्मचारीकाे हेलिकप्टरबाट उद्धार

Image
Nisarga Hospital

बैतडीमा काेदालाे प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाकाे मृत्यु भएकाे छ। दुई घाइतेको नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ।

CP Hospital Dhangadhi

जिल्लाकाे डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीकाे काेदालाे प्रहारबाट उनकी
५६ वर्षीया श्रीमती पार्वती धामीकाे मृत्युु भएकाे हाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

काेदालाे प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीकाे उपचारको लागि स्थानीय स्वास्थ्यचाैकीमा पुर्याउदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयाे।

यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलाैनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयाेगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। कलाैनी र भट्टलाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरि थप उपचारको काेहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई काेदालाे प्रहार गरेकाे र त्यसपछि उनकै घरमा डेरा गरि बसेका कलाैनी र भट्टमाथि पनि काेदालाे प्रहार गरेका जनाइएको छ।

किसनले काेदालाे प्रहार किन गरे भन्ने बारे खुल्न सकेकाे छैन् । काेदालाे प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ।

Dhnagadhi & Krishanapur