
बैतडीः धनगढीमा जारी दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिता अन्तरगत आज भएका खेलमा कैलालीको गाेदावरी नगरपालिका र घाेडाघाेडी नगरपालिका विजयी भएका छन्।

गाेदावरीले कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकालाई ८ विकेटले हराउदा घाेडाघाेडीले डडेलधुराकाे आलिताल गाउँपालिकामाथि १ विकेटको जित निकाल्याे।
शुक्लाफाँटाले दिएकाे ११५ रनकाे लक्ष्य गाेदावरीले १३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायाे। जसमा सन्दीप खत्रीले आक्रामक अर्धशतकीय पारी खेले । म्यान अफ द म्याच समेत भएका सन्दीपले २० बलकाे सामना गर्दै ७ छक्का र २ चाैकाकाे मद्दतमा ५८ रनमा अविजित रहे। शुक्लाफाँटाका भरत चन्द ए र भरत चन्दले १/१ विकेट लिए।




यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेकाे शुक्लाफाँटा १९.३ ओभरमा ११४ रनमा अलआउट भयाे। उसका लाेकेश जाेशीले सर्वाधिक ३३ रन हिर्काए। गाेदावरीका व्यास यादवले ४ विकेट झारे।
यस्तै आजै भएकाे अर्काे खेलमा घाेडाघाेडीले आलितालमाथि १ विकेटको संघर्षपूर्ण जित हात पार्याे। जितका लागि पाएकाे ८७ रनकाे सामान्य लक्ष्य घाेडाघाेडीले १९.३ ओभरमा ९ विकेट गुमाउदै पूरा गर्याे। जसमा दिनेश रावतले सर्वाधिक १८ रन हाने। आलितालका दिल बहादुर बाेहरा र प्रकाश राज जाेशीले ३/३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे आलिताल १४ ओभरमा ८६ रनमा समेटियाे। जसमा हिक्मत महरा र आयुश खड्काले १४/१४ रन बनाए। घाेडाघाेडीका राहुल केसीले ४ विकेट लिदै म्यान अफ द म्याच चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे छ।
प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे।
उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएकाे छ। याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।


































