धनगढीका सामुदायीक विद्यालयमा अब एकै प्रकारको पोशाक लागु हुने

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिका भीत्रका सामुदायीक विद्यालयमा अब एकै प्रकारको पोशाक लागुहुने भएको छ । नयाँ शैक्षिक सत्र अथवा २०८१ को बैशाख देखि उपमहानगरभीत्रका सबै सामुदायकि विद्यालयहरुमा एकै प्रकारको पोशाक लागुहुने भएको हो । विहीबार धनगढी उपमहानगरभीत्रका अधिकांस विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुले उपमहानगरसँग एकै प्रकारको पोशाक बनाउने सम्झौता गरेका छन । धनगढी उपमहानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गोपाल हमाल र पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले सम्झौता आदानप्रदान गर्दै कार्यक्रमको सुरुवात गरेका छन ।

CP Hospital Dhangadhi

नयाँ पोशाकमा आकाशे नीलो रंगको कमिज वा कुर्ता, गाढा नीलो रंगको पाईन्ट वा सुरुवाल, गाढा निलो रंगको टाई, छालाको कालो जुत्ता वा कपडाको सेतो जुत्ता, गर्मी मौसममा भी गलाको स्वेटर वा गाढा निलो रंगको कोट, गाढा नीलो रंगको बेल्ट, छात्राका लागि सेतो रिवन, ऊनको टोपी अनिवार्य गर्ने सम्झौता भएको हो ।

अधिकांस प्रधानाध्यापकहरुले कापीकलम किन्न नसक्ने गरिब परिवारका बालवालिकाका लागियो नियम खर्चिलो हुने बताएका थिए । तर मेयर गोपाल हमालले ‘मेयर शैक्षिक कोष’ स्थापना गरेर त्यसमा नीजि क्षेत्र र दातृ निकायलाई जोडेर भएपनि उनीहरुका लागि विद्यालय पोशाकको ब्यवस्थापन गरिने बताएका थिए ।

nawajiwan
Attariya Hospital

उपमहानगरलाई आफ्नो स्थानीय तहभीत्रको आधारभूत र माध्यमिक शिक्षा ब्ययस्थित गर्न पाउने अधिकार छ । सम्झौता कार्यक्रममा मेयर हमालले अहिले केही पनि गर्न सकिदैन भनेर पन्छिनु भन्दा सिमित स्रोत र साधनको अधिकतम प्रयोगगर्दै यसको पालना गर्न प्रधानाध्यापकहरुलाई अनुरोध गरेका थिए ।

उनले, पहिलो वर्षको परिषण पछि त्यसमा आएका समस्याहरुलाई समाधानका लागि सम्झौतामा हेरफेर र संसोधन गर्न सकिने बताए । पोशाकको सम्झौता सँगै उपमहानगरले सामुदायीक विद्यालयबीचको कार्यसम्पादन सम्झौता पनि गरेको छ ।

यसमा विद्यालयहरुले शैक्षिक क्यालेन्डर बनाएर अध्यापन गर्नुपर्ने, शैक्षिक सत्रको पहिलो हप्तालाई भर्ना सप्ताह मनाईने, वित्तिय अनुशासन, भौतिक ब्यवस्थापन, मानव संसाधन तथा ब्यवस्थापन, शैक्षिक पेशागन विकास, विद्यार्थी मूल्यांकन, पृष्ठपोषण तथा अभिलेखीकरण, शैक्षिक तथ्यांक ब्यवस्थापनमा उत्कृष्ट विद्यालयलाई मूल्यांकनका आधारमा पुरस्कृत गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।