
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको छ । जारी आईपीएलमा राजस्थानले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।

कप्तान सञ्जु स्यामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।
लखनऊका निकोलस पुरनले ४१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रन बनाए । लोकेश राहुलले ४४ बलमा ४ चौका र २ छक्कासहित ५८, क्विन्टन डि कक ४, देवदत्त पाडिक्कल शून्य र आयुष बदोनीले १ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले अर्बधिक ८२ रन बनाएका थिए । सामसनले ५२ बलमा ८२ रन बनाउदै अविजित रहेका थिए । त्यसैगरी रियान परागले ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए भने यशस्वी जैसवालले २४, जोस बटलरले ११ तथा ध्रुव जुरेलले अविजित २० रन बनाएका थिए ।
त्यसैगरी लखनउका बलर नवीन उल हकले २ विकेट लिएका थिए भने मोशिन खान र रवि विश्नोईले एक एक विकेट लिएका थिए । यो जितपछि राजस्थान रोयल्सले महत्वपूर्ण २ अंक जितेको छ भने लखनउले हारसँगै सिजनको शुरुवात गरेको छ ।

























