कैलाली प्रिमियर लिग: पुनर्वास र टिकापुरकाे दाेस्राे जित

Image
Nisarga Hospital

बैतडी:धनगढीमा जारी दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगितामा आज समूह ए का दुई खेल सम्पन्न भएका छन्। पहिलाे खेलमा कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले भिमदत्त नगरपालिकालाई ६ विकेटले हरायाे भने दाेस्राे खेलमा कैलालीको टिकापुर नगरपालिकाले धनगढी उपमहानगरपालिकामाथि ६ विकेटकै जित निकाल्याे। यी दुबै टाेलीकाे याे दाेस्राे जित हाे ।

CP Hospital Dhangadhi

दुई खेलमा शतप्रतिशत नतिजा निकालेकाे पुनर्वास ४ अंकका साथ अंकतालिकाकाे शिर्ष र तीन खेलमध्ये दुईमा मात्रै विजय भएकाे टिकापुर दाेस्राे स्थानमा छ।

पहिलाे खेलमा भिमदत्तले दिएकाे ६९ रनकाे झिनाे लक्ष्य पुनर्वासले ८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे । जसमा आयुव चन्दले अविजित २७ रनकाे याेगदान गरे। भिमदत्तका मिलन बाेहरा र प्रकाश विष्टले २/२ विकेट झारे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa


त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे भिमदत्त १५.५ ओभरमा ६८ रनमा अलआउट भयाे। उसका विरेन बमले १३ र अभिषेक थापाले ११ रन बनाएपनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । भिमदत्तकाे पारि ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच समेत भएका पुनर्वासका खगेन्द्र कुँवर ४ विकेट हात पारे। यस्तै सचिन भट्ट र लेखनाथ शर्माले पनि २/२ विकेट चट्काए।

आजै भएकाे अर्काे खेलमा टिकापुरलेे धनगढीलाई ४ विकेटले पराजित गर्याे। धनगढीले दिएकाे ६९ रनकाे लक्ष्य टिकापुरले ८ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्याे । जसमा प्रेम शाहले सर्वाधिक २६ रन जाेडे। फाप्लामै यसअघि पहिला ब्याटिङ गर्दै धनगढी १७.३ ओभरमा ६८ रनमा समेटियाे। अविरल विकले २० रन हाने। टिकापुरका लागि साेलुप चाैधरीले २ विकेट हात पार्दै म्यान अफ द म्याच भएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।
यसअघि समूह बी बाट सेमिफाइनल पुग्ने दुबै टाेलीकाे टुंगो लागिसकेको छ।

समूह विजेता बन्दै डडेलधुराकाे परशुराम नगरपालिका र समूह उपविजेता बन्दै डाेटीकाे शिखर नगरपालिका सेमिफाइनलमा पुगेका हुन्।
कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे छ।

प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे।
उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएकाे छ। याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।

Dhnagadhi & Krishanapur